इन्जिनीयर साहको नेतृत्वमा जनस्वराज पार्टी घोषणा



काठमाडौं । जनमत पार्टीबाट अलग भएको समूहले नयाँ पार्टी घोषणा गरेका छन् । उनीहरुले नयाँ राजनीतिक शक्तिका रुपमा जनस्वराज पार्टी घोषणा गरेका हुन् ।

असोज ३ र ४ गते जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममार्फत पार्टीको औपचारिक घोषणा गरिएको पार्टी संयोजक इन्जिनीयर दीपकुमार साहले जानकारी दिए । उनी नै पार्टीको संयोजक बनेका छन् भने आर्थिक विभागको संयोजक इन्जिनीयर सुरेन्द्रनारायण यादव भएका छन् ।

साह यसअघि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष रहेका थिए भने यादव कोषाध्यक्ष थिए । जनस्वराज पार्टीले कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति र भ्रष्टाचारमुक्त राजनीति, पारदर्शिता र जवाफदेहिता स्थापित गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्