सूर्यग्रहण नेपालबाट नदेखिने, सुतक लाग्छ कि लाग्दैन ?
काठमाडौं, असोज ५ । आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार यसको कुनै सुतक नलाग्ने भएको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले नेपालबाट सूर्यग्रहण नलाग्ने भएकाले सुतक पनि नलाग्ने जनाएको छ ।
आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्रश्राद्धमा पनि कुनै असर छैन । नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।
आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्युजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोंगा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने बताइएको छ ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार












