जेनजी आन्दोलनका घाइतेहरूको सिंहदरबार गेटमा धर्ना



काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन्।

आन्दोलनको बलमा प्रधानमन्त्री, मन्त्री भएकाहरूलाई आफ्नो माग राख्न छिर्न खोज्दा प्रवेश नदिइएपछि उनीहरू गेटमै धर्ना दिएर बसेका हुन् । घाइतेहरू अस्पतालको रिपोर्टसहित सिंहदरबार गेट पुगेका थिए ।

आफूहरूका माग सरकारलाई अवगत गराउन जान लाग्दा पास नदिएपछि धर्नामा बसेको एक घाइतेले बताए ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्