अब सुशासन कायम गर्न कुनै सम्झौता हुँदैन : ऊर्जामन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्री कुलमान घिसिङले मुलुक परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अब सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन् ।
आइतबार सिंहदरवारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
देशमा देखिएको निराशालाई निर्मूल पार्न सबै मन्त्रालय र सचिवहरूलाई कुनै पनि कुरामा तलमाथि नगर्न र सरकारको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको उनले बताए ।
यस्तै मन्त्री घिसिङले जिम्मा लिएर समयमा आयोजना पुरा नगर्नेसँग सम्झौता तोड्ने स्पष्ट पारे ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार












