प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्री थप गर्दै को-को कुन मन्त्रालयका लागि सिफारिस भए ?
काठमाडौं ५ असोज। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा ५ जना थप गर्ने भएकी छन् ।
उनले पाँच जना मन्त्रीको नाम टुंगो लगाएर आइतबार सिफरिस गरेकी छन् ।
राष्टपति समक्ष सिफारिस गरिएका नयाँ मन्त्रीहरूको सोमबार सपथ हुनेछ ।
कार्कीले महावीर पुन, अनिल कुमार सिन्हा, डा संगिता मिश्रा, डा.मदन परियार, र जगदीश खरेललाई मन्त्री बनाउन नाम सिफारिस गरेकी छन् ।
वैज्ञानिक पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा दिइने छ भने पूर्वन्यायाधीश सिन्हा भूमिसुधार, मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफरिस गरेकी हुन । स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव रहेकी मिश्रले मन्त्री बन्न पदबाट राजीनामा समेत दिएकी छन्।
कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस भएको छ ।
त्यस्तै, सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मा जगदीश खरेललाई दिन सिफारिस गरिएको छ। उनी इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्।
कार्कीले यसअघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओम प्रकाश अर्याललाई मन्त्री बनाएकी थिइन् । यससँगै कार्की नेतृत्वको मन्त्रिमण्डल ९ सदस्यीय बन्ने छ ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार












