वेस्ट इन्डिजसँग सिरिज खेल्न नेपाली टोली आज यूएई जाँदै



काठमाडौं, असोज ६ । नेपाली क्रिकेटको राष्ट्रिय टोली वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो ।

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने छ ।

शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्