सार्वजनिक सवारीसाधनमा आजदेखि ‘रुट परमिट’ खुला



काठमाडौं । सार्वजनिक सवारीसाधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ ।

चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि देशभरको सार्वजनिक यातायातलाई आजदेखि देशभर रुट परमिट खुला गरिएको हो ।

रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनका अनुसार रुट परमिट खुला आगामी २२ असोजसम्म कायम रहनेछ ।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्