रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठक मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणालगायत एजेण्डा तय गरिएको छ ।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार












