यी दुई प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, असोज ७ । हाल मनसुनी वायुको प्रभाव कमजोर भएको स्थानमा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
साथै तराईका भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको.छ ।
आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार












