पोखरीमा डुबेर दुई बालिकाको मृत्यु



सप्तरी । सप्तरीको सुरुङ्गामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर २ हर्दिया घर भएकी दुई जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।

सोही ठाउँका अरविन्द चौधरीको पोखरीमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी र ८ वर्षीया छोरी प्रियान्सु चौधरी सोमबार साँझ पोखरीमा नुहाउन गएका थिए । त्यसमध्ये सुस्तिका र आशकीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्