असईको बीभत्स हत्या आरोपमा एक जना पक्राउ



काठमाडौँ, असोज ८ । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

हत्या आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएका ओम पौडेललाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पौडेललाई धापासीबाट पक्राउ गरेको जनाएको छ ।

उनले भदौ २४ मा महाराजगन्जमा असई मिलन रायलाई छटपटाइरहेको अवस्थामा अनुहारमा मुङ्ग्रोले हिर्काएर बीभत्स तरिकाले हत्या गरेको भिडियोमा देखिन्छ ।

जेनजी प्रदर्शनको क्रममा उदण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरेर दुईजना प्रहरीको हत्या गरेका थिए । मृत्यु हुनेमा असई राय र जवान उत्तम थापा छन् ।

असोज ४ मा प्रहरीको हत्या आरोपमा काभ्रे घर भएका युवराज क्यापछाकी पक्राउ परेका थिए ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्