रास्वपाको वेबसाइट ह्याक गरि रविबारे लेखियोः हामी न क्षमा दिन्छौँ, न बिर्सन्छौँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ह्याक भएको रहस्य बाहिर आएको छ ।
‘जेनजी राइजिङ नेपाल’ नामको एक ह्याकर समूहले केही दिन अघि रास्वपाको वेबसाइटभित्र छिरेर ‘प्रेस विज्ञप्ति’ सेक्सनमा एसक्यूएल इन्जेक्सन आक्रमण गरी आफ्नो सन्देश राखेको हो ।
जेनजी विद्रोहका क्रममा रास्वपाले हिरासतमा रहेका आफ्ना सभापतिलाई निकालेकाले त्यसको बदला लिन वेबसाइट नियन्त्रणमा लिइएको ह्याकरको दाबी छ ।
उक्त समूहले वेबसाइटमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै एक मेसेज छाडेको छ । जसमा ‘न क्षमा दिने, न बिर्सने’ उल्लेख छ ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार












