नेपाल प्रहरीमा जागिर खुल्यो, हजामदेखि खेलाडीसम्म दर्खास्त आह्वान
काठमाडौं । नेपाली प्रहरीमा नयाँ भर्नाका लागि दर्खास्त आह्वान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।
१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जना भर्ना गर्न दरखास्त आह्वान गरिएको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन् ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार
















