भारतको तमिलनाडुमा भागदौड मच्चिदा ३६ जनाको मृत्यु
एजेन्सी । भारतको तमिलनाडुको करूरमा भएको एक र्यालीमा भागदौड मच्चिदा ३६ जनाको मृत्यु भएको छ ।
अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको ¥यालीमा भागदौड हुँदा आठ बालबालिका र १६ महिलासहित कम्तिमा ३६ जनाको ज्यान गएको छ ।
हिजो बेलुका विजयले आफ्नो तमिककगा वेत्री कडगम पार्टीको ¥याली सम्बोधन गर्ने क्रममा भीड अनियन्त्रित हुँदा घटना भएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल आर.एन. रवि र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेसहित विभिन्न नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री एम.के. स्टालिनले मृतकका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् । साथै, घटनाको छानबिनका लागि आयोग पनि गठन गरिएको छ ।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार
















