नेपालले आज वेष्ट इन्डिजसँग दोस्रो खेल खेल्दै
काठमाडौँ । युनिटी कप टी–२० अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट रङ्गशालामा खेल नेपाली समयअनुसार राति ८ः१५ सुरु हुनेछ ।
शनिबार राति भएको पहिलो खेलमा वेष्ट इन्डिजलाई हराएर इतिहास रचेको नेपालका लागि आज पनि अर्को ऐतिहासिक दिन हुन सक्छ । नेपालले अहिलेसम्म कुनै पनि शैलीको क्रिकेटमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउन सकेको थिएन ।
नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेर इतिहास रचेको थियो ।
नेपालले यो खेल जित्दा तीन खेलको श्रृंखलामा एक खेलअघि नै उपाधि जित्नेछ । उपाधि जित्नु नेपालका लागि अर्को ठूलो कीर्तिमान हुनेछ ।
नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग खेलेको यो जित ओमानमा हुने आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारीका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार
















