नेपाली महिला टिमले आजदेखि मलेसियासँग सिरिज खेल्दै



काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी–२० सिरिज खेल्दैछ ।

नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । पहिलो खेल बिहीबार दिउँसो ४ ः १५ बजे सुरु हुँदैछ ।

थप खेल चार खेल असोज १८, १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिम एक साता अगाडि नै मलेसिया पुगिसकेको छ ।

नेपाली महिला टोली : इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर ।

प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्