गाजामा बन्धक बनाइएका सबैलाई रिहा गर्न हमास तयार



एजेन्सी । हमास इजरायलबाट अपहरण गरी बन्धक बनाइएकाहरुलाई रिहा गर्न तयार रहेको छ । ्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमति पालना गर्न दिएको समय सीमाको अन्तिम क्षणमा हमासले बाँकी बन्धक रिहा गर्न सहमत भएको हो । तर हमासले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमतीका केही बुँदामा शंसोधन हुनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

हमासले बन्धकको रिहा गर्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा आक्रमण रोक्न इजरायललाई आग्रह गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि गाजासहित मध्यपूर्वमा शान्तिका लागि काम गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्