पाँचथरमा बोलेरो दुर्घटना ६ जनाकाे मृत्यु, ६ जना घाइते



फिदिम, १८ असोज  तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक – ३ कात्तिकेमा बोलेरो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ। अन्य छ जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जाकारी दिनुभयो । 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको जिप शनिबार दिउँसो करिब १२ बजे  दुर्घटनामा परेको थियो ।

मे १ ज ३०५५ नम्बरको जिप बिहान तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिपमा चालकसहित १२ जना यात्रु सवार रहेको र मृतकमध्ये ६ जानको घटना स्थलमै मृत्यु भएको हो । अन्य छ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी थप उपचारका लागि धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी खेमराज घिमिरेले जानकारी दिनुभयो ।

घटनास्थलमा अझै उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ । घाइते र मृतकहरुको नाम वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्