हेटौँडा हुँदै काठमाडौं जाने सबै बाटो ३ दिनका लागि बन्द



हेटौँडा १८असाेज । हेटौँडा हुँदै काठमाडौं जाने सम्पूर्ण सवारी साधनको आवतजावत तीन दिन सम्मका लागि रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म नेपालका विभिन्न भागमा हल्कादेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले यस्तो निर्णय गरेको हो।

असोज १८, १९ र २० गते तीन दिनका लागि अत्यावश्यक बाहेकका सबै सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गरी जानकारी गराएकाे छ । ।

जिल्ला प्रशासन कार्यालयले सवारी साधन बन्दका कारण यात्रुलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखी घरमै सुरक्षित बस्न आग्रह गरेको छ ।

हेटौँडा हुँदै काठमाडौं जाने सबै बाटो ३ दिनका लागि बन्द, घरमै सुरक्षित बस्न प्रशासनको आग्रहसाथै, विपद् सम्बन्धी अद्यावधिक सूचना विभिन्न सञ्चार माध्यममार्फत प्राप्त गर्न र सञ्चारकर्मीले निरन्तर सूचना सम्प्रेषण गरिदिन समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्