मनोहरा र बागमती नदीले पार गर्यो सतर्कता तह
काठमाडौं १८ असोज । बागमती नदी र यसका सहायक नदीहरूमा सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर र मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा ४.७४ तह पार गरेको हो।
नदीमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












