रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु
रौतहट १८ असोज रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ।
सनिबार साझ परेको चट्याङ लागेर कटहरिया नगरपालिका–२, हंथियाहिका १६ वर्षीय सेराज लहेरी र सोही स्थानका १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












