भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार



भैरहवा , २० असोज   अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्दार उडान गरिएको छ । 

नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३:४३ बजे भैरहवा अवतरण भएको थियो । 

भैरहवाबाट भने विमानले ५:४० बजे एक सय ५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिनुभयो ।

उद्दार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्