टी–२० विश्वकप छनोट : नेपाल पहिलो खेलमा कुवेतसँग खेल्दै



काठमाडौं, असोज २२ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको पहिलो खेलमा नेपाल आज कुवेतसँग खेल्दैछ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ ।

टी–२०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक भेट भएका छन् । जहाँ नेपालले २ खेल जित्दा कुवेतले १ खेल जितेको छ ।

पछिल्लोपटक नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए । लिग चरणमा नेपालले कुवेतलाई हराउँदा फाइनलमा भने कुवेतले नेपाललाई हराएको थियो ।

आजको खेल जित्ने टोली सुपर सिक्समा पुग्ने लगभग निश्चित नै हुनेछ । ९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्