अर्नाको घोषणा : नेपाल विश्वकपमा छनोट भए ५१ लाख पुरस्कार



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपका लागि छनोट भएमा ५१ लाख रुपैयाँ पुरस्कार दिने नेपालको लोकप्रिय ब्रान्ड अर्नाले घोषणा गरेको छ ।

अर्नाले जारी गरेको विज्ञप्तिअनुसार, यदि टीम नेपाल टी–२० वल्र्ड कपको लागि छनोट भएमा रु ५१ लाखको नगद पुरस्कार टोलीलाई प्रदान गरिनेछ ।

यो पुरस्कारका अतिरिक्त, अर्नाको मातृ संस्था यती ब्रुअरी को सीएसआर कोषमार्फत नेपालमा क्रिकेटको पूर्वाधार विकासलाई टेवा पु¥याउनका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई थप रु ५१ लाख उपलब्ध गराइने पनि घोषणा गरिएको छ ।

अर्नाले यस पहललाई नेपाल क्रिकेटको उज्ज्वल भविष्य सुनिश्चित गर्ने प्रयासको रूपमा लिएको छ ।

नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । ९ टोली सहभागी छनोटमा शीर्ष ३ मा रहन सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्