सीटीईभीटीका उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा ४ मंसिरमा हुने



काठमाडौं । जेनजी आन्दोलनमा विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पुनः परीक्षा गर्ने भएको छ ।

सीटीईभीटीको पुनः परीक्षा ४ मंसिरदेखि हुने सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्