पेट्रोलको मूल्य घट्यो



काठमाडाैँ २९ असाेज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ ।

यसअघि निगमले नेपालमा चाडपर्व मध्यनजर गर्दै अघिल्लो महिना भने मूल्य स्थिर राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्