महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित



काठमाडौँ । थाइल्यान्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ ।

थाइल्याण्डको चोनबुरी रङ्गशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्यान्डसँग १२–० गोलअन्तरले नेपाल पराजित भएको हो ।

यो जितसँगै थाइल्यान्डले दुई खेलमा छ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको छ ।

खेलको पहिलो हाफमा आठ गोल गरेको थाइल्यान्डले खेलको दोस्रो हाफमा चार गोल थपेको हो ।

त्यस्तै थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७–० को फराकिलो जित हासिल गरेको थियो । यता, नेपाल भने पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरीमा खेलेको थियो । 

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्