पूर्वाञ्चल युनिभर्सिटी र नेपाल इन्जिनियरिङ काउन्सिङबीच सम्झौता
काठमाडौं । पूर्वान्चल विश्वविद्यालय (PU) र नेपाल इन्जिनियरिङ काउन्सिल (NEC) बिच वाशिंगटन सम्झौता (Washington Accord) अन्तर्गत इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार र मान्यता प्राप्तिको सुनिश्चितता गर्न एक महत्वपूर्ण सम्झौता (MoU) मा हस्ताक्षर भएको छ ।
यस सम्झौताले एग् अन्तर्गत अध्ययनरत इन्जिनियरिङ विद्यार्थीहरुलाई विश्वव्यापी प्रतिष्ठा प्राप्त संस्थाहरुमा मान्यता प्राप्त हुने अवसर प्रदान गर्नेछ ।
सम्झौतामा PU का Vice-Chancellor प्रोफेसर डा. बिजु कुमार थपलिया र NEC का अध्यक्ष प्रोफेसर डा. पदम बहादुर शाहीले हस्ताक्षर गर्नुभएको थियो । यसमा PU का Faculty of Engineering का डीन प्रोफेसर डा. भोलानाथ शर्मा घिमिरे र NEC का रजिष्ट्रार श्री ध्रुब राज भट्टराईले उक्त सम्झौता कार्यान्वयनको प्रतिवद्वता जनाउँदै हस्ताक्षर गर्नुभएको थियो ।
यस सम्झौताले PU अन्तर्गतका इन्जिनियरिङ् कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरू वाशिंगटन सम्झौता अन्तर्गत रहेका देशहरूमा ती देशका प्रतिष्ठित संस्थाहरुबाट मान्यता प्राप्त हुनेछन्। यसले विद्यार्थीहरुको भविष्य उज्जवल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन महत्वपूर्ण अवसर उपलब्ध गराउनेछ ।
यस उपलब्धिलाई उच्च महत्त्व दिइएको छ र यसले नेपालमा इन्जिनियरिङ्ग शिक्षाको गुणस्तर र अन्तर्राष्ट्रिय मान्यतालाई थप बल पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
यसलाई PU र NEC का लागि गर्वको विषय मानिएको छ र यसबाट नेपालका युवा इन्जिनियरिङ विद्यार्थीहरुको करियर निर्माणमा नयाँ अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार
















