ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते



काठमाडौं, कार्तिक ३ । नवलपुरमा तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएका छन् भने दुई जना घाइते भएका छन् ।

मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट अरुणखोलातर्फ जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाइ नारायघाटबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको ट्याङकरले ठक्कर दिँदा स्कुटर चालक मध्यबिन्दु–१३ मैनाघाटका ४० वर्षीय बीर बहादुर सिँजालीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका २३ वर्षीय चन्द्र बहादुर गाहा र ३१ वर्षीय समिर जंग कुमाल घाइते भएका छन् । घाइते दुबैको मध्यविन्दु प्रादेशिक अस्पतामा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्यांकर घटनास्थलबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक सल्यान शारदानर नगर नगरपालिका १४ घर भई हाल दाङ तुल्सिपुर उपमहानगरपालका ६ का ४७ वर्षीय खलकराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्