स्वास्थ्य चाैकी भवन उद्घाटन



चौकीडाँडा, (भोजपुर) चैत्र २१
यहाँकाे चाैकीडाँडामा एक कार्यक्रमकाबिच स्वास्थ्य चौकीको नबनिर्मित भवन उदघाटन गरिएको छ । हाजिस फाउण्डेसन नेदरल्याण्डको पूर्ण आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको भवनको उदघाटन संस्थाका प्रतिनिधि पिटर स्नोरेनले गरेका हुन्।

१६ लाख रुपैयाँको लागत परेको यो भवनमा बर्थिङ केन्द्र, शैया कोठा, स्वास्थ्य शिक्षा कोठा सहित जम्मा ५ कोठा रहेका छन्। भवनको उदघाटन गर्दै संस्थाका प्रतिनिधि पिटर स्नोरेनले स्थानिय समुदाय र अगुवाको सकृयता बिना यति ठूलो कार्य सम्पन्न हुन नसक्ने कुरा बताए।

आफ्नो संस्थाले शिक्षा, स्वास्थ्य र चेतनाको बिकाशमा गरेको सहयोगको अहिले परिणाम देखिन थालेकोमा उनलाई धेरै खुसि लागेको बताए।

“१० बर्ष अघि यो ठाउँ हुँदै खुम्बु क्षेत्र घुम्न आउँदा यहाँका स्थानियको आत्मिय र स्रह्यदयी ब्यबहारबाट अत्यन्त प्रभावित भएर मैले यो ठाउँको बिकाशको लागि केही गर्छु भन्ने प्रण गरें।”, उनले सुनाए।

स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष शिव बहादुर अधिकारीले निर्माण बिबरण पेश गर्दै स्थानीय समाज बिकाशको लागि फाउन्डेसनले पुर्याएको योगदानको कदर गर्दै पुरै चौकीडाँडाबासीको तर्फबाट सहयोगी संस्थाप्रति धन्यबाद ज्ञापन गरे।

सो अवसरमा उनै पिटर र उनका साथी एड भान रुइजलाई मायाको चिनो स्वरुप करुवा प्रदान गरिएको थियो। हाजिस फाउण्डेसनले बिगत १० बर्षदेखि निरन्तर रुपमा चौकीडाँडामा शिक्षा, स्वास्थ, खानेपानी, प्राबिधिक ज्ञान तथा सीप बिकाशको क्षेत्रमा काम गरिआएको छ ।

अघिल्लो बर्ष मात्रै स्थानीय जाल्पा उच्च माबी परिसरमा कम्प्युटर ल्याब स्थापनामा पूर्ण सहयोग गरेको यो संस्था स्थानिय बिकाशमा अभिन्न अंग बन्न पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News