तिम्सिनाको पुस्तक नेपालको बैङ्किङ इतिहास बजारमा
काठमाडौँ ७ कात्तिक । लेखक दीपेन्द्रराज तिम्सिनाको पुस्तक नेपालको बैङ्किङ इतिहास बजारमा आएको छ ।
यस पुस्तककमा नेपालको मुद्रा निष्कासनको इतिहास, राणाकालीन देखि वर्तमानसम्मको बैङ्किङ इतिहास समेटिएको छ ।
यो पुस्तकमा नेपालका क र ख श्रेणीका बैङ्कहरुको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसम्मकै १८ जना गभर्नरको फोटोसहितको जीवनी, द्वन्द्वकालमा बैङ्कमा भएको आक्रमण, नेपाली बैङ्क मर्जरको इतिहास, राणाकालमा वेलायतबाट फर्केका नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैङ्क भित्र्याउने डा. प्रकाशचन्द्र लोहनीसहितको इतिहास मिहिन गरि खोजेर पुस्तकमा राखिएको छ ।
नेपाली बैङ्ले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागिता, विपत्तमा बैङ्कको सहयोग, बैङ्क तथा वित्तीय संस्था सम्बन्धि ऐन, कानुनहरू, खारेज भएका बैङ्कहरु, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकालदेखिका मुद्रा खोज गरी लेखिएको छ ।
तत्कालीन कुन कुन बैङ्क कहिले स्थापना भए, समस्या ग्रस्त बैङ्कहरू, भोजपुरको टक्सारको इतिहास, पुर्वमा खुलेका बैङ्कहरु, डेपुटी तथा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिना, बैङ्किङ अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु लगायतका विभिन्न ५१ वटा विषयमा समेटेर लेखिएको २७२ पेजको पुस्तकमा नेपालमा जेनजी आन्दोलनको समयमा नेपाली बैङ्कमा भएको क्षतिको विषय समेटत समेटिएको छ ।
नेपाली बैङ्किङ इतिहास बुझ्न यो पुस्तक सहयोगी बन्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले शुभकामना दिदै बताउनु भएको छ ।
झापा दमकको स्रष्टा छापाखानाले छापेको लिला निरौला प्रकाशक रहेको यो तिम्सिनाको १४ औँ पुस्तक हो । लेखक तिम्सिना विगत एक दशकदेखि निरन्तर खोजमुलक पुस्तक लेखन गर्दै आएका छन् ।
तिम्सिनाका प्रकाशित कृतिहरु टेलिफोन डायरी, मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नं २ एक चिनारी, पथरी शनिश्चरे नगरपालिका एक चिनारी, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म, इतिहासमा पथरी शनिश्चरे, मोरङका जनप्रतिनिधि संङगालो, माइखोलादेखि पुनर्वाससम्म, तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म, गुमनाम एक इतिहास बिसे नगर्ची पहिलो संस्करण, र गुमनाम एक इतिहास बिसे नगर्ची दोस्रो संस्करण रहेका छन् ।
प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार







