आईसीसी विश्वकप क्रिकेट लिग २ : नेपाल आज अमेरिकाविरुद्ध भिड्दै



काठमाडौँ, कार्तिक ९ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

यूएईमा भइरहेको शृंखलाको आज नेपाल र अमेरिकाको पहिलो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ । केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट लिग २ का महत्त्वपूर्ण खेल खेल्न लागेको हो।

लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृंखलाकाका रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ । सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई हटाएर विश्वकप लिग २ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।

लिग २ अन्तर्गत यूएई र अमेरिकासँगको शृंखलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म यूएईमा हुँदैछन्।

नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृंखलाको सुरुवात गर्दैछ। दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार यूएईसँग भिड्ने तालिका छ । शृंखलाको तेस्रो खेलमा कात्तिक १५ गते शनिबार अमेरिकासँगको भेट तय गरेको नेपालले शृंखलाको अन्तिम खेलमा कात्तिक १९ गते बुधबार यूएईसँग प्रतिस्पर्धा गर्ने छ।

विश्वकप लिग २ मा १२ खेल खेलेको नेपालले १६ अंक जोडेको छ। समान खेल खेलेको यूएईको ६ अंक छ । तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्