सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रति तोलामा ७०० रुपैयाँले घटेर २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्