३६ प्रतिशतले बढ्यो अलैँची निर्यात



काठमाडौँ । अलैँची निर्यात ३६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन–असोज) मा १ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको १०७२.२० मेट्रिक टन अलैँची निर्यात भएको छ ।

उक्त अलैँची भारततर्फ निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ बराबरको ७८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो वर्ष भन्दा चालु वर्षमा ३६.७० प्रतिशतले निर्यात परिमाण बढी रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्