नेपाल विमानस्थलहरुमा टेलिकमको फ्री वाइफाई
काठमाडौ १२ कात्तिक । नेपाल टेलिकमले देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्री वाइफाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ ।
नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाइफाइ इन्टरनेट सेवाको शुभारम्भ गर्नुभएको थियो । उक्त वाइफाइ इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।
देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्री वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार
















