विश्वकप लिग–२ : नेपालले आज यूएईसँग खेल्दै



काठमाडौं, कार्तिक १३ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ । खेल आज (बिहीबार) बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ ।

लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो ।

यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई एक सय ६ रनले जितेको थियो ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्