झलनाथ खनालले मागे माधव नेपालको राजीनामा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै खनालले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा लागेकाले पद छोड्नुपर्ने माग गरेका हुन्।

खनालले बैठक भने- ‘हाम्रो अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ। त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौँ । उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ ।’

माधव नेपाल पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन्।

यस्तै पार्टीमा उनले पद छोड्नुपर्ने भन्दै यसअघि पनि नेताहरूले दबाब दिदै आएका छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्