अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किंग्समा अनुबन्ध
काठमाडौं १४ कात्तिक । विराटनगर किंग्सले नेपाल प्रिमिय लिग (एनपिएल) दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ।
फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका सर्वाधिक सम्मानित खेलाडीमध्ये एक हुन्। कप्तानको रूपमा आफ्नो देश दक्षिण अफ्रीका र विश्व प्रसिद्ध लिग आइपिएल (आइपिएल) को फ़्रेन्चाइज आरसिबीलाई नेतृत्व गरेको अनुभव छ। उनले विश्व क्रिकेटमा उत्कृष्ट रणनीतिक सोच, स्थायित्व र आक्रामक ब्याटिंगका लागि उच्च सम्मान प्राप्त गरेका छन्। उनको अनुभव र नेतृत्वले बिराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।
“फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु बिराटनगर किंग्स र ल्एी को लागि गर्वको कुरा हो। उनको आगमनले बिराटनगर किंग्स र एनपिएलकोको लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन्”टिम डाइरेक्टर दिपेन्द्र चौधरीले भने ।
“फाफ डु प्लेसिसको आगमनले विराटनगर किंग्सका खेलाडीहरूलाई उनीसँग ड्रेसिंग रूम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसरका साथै एलपिएल लाई विश्वस्तरमा पुर्याउने विश्वास लिएको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार
















