बाँकेमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु
नेपालगन्ज । बाँकेमा स्कुले बालबालिकालाई लक्षित गरी ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु भएको छ । नेपालगन्ज रङ्गशालामा आज एक कार्यक्रमका बीच एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङले उद्घाटन गर्नुभयो ।
अध्यक्ष नेम्वाङले देशभरका १ हजार ७८ वटा स्कुलमा यो कार्यक्रम सुरु भएको जानकारी दिँदै यसले फुटबल विकासमा टेवा पुग्ने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले फुटबलको विकासमा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले २०८२ जेठ २९ गतेबाटै बिहीबार र शुक्रबार बालबालिकालाई प्रशिक्षण गराइरहेको जानकारी दिनुभयो । उहाँले छिट्टै ४र५ ठाउँमा प्रशिक्षण राखेर ३ हजार बालबालिकालाई समेट्ने बताउनुभयो ।
यो कार्यक्रमका लागि फिफाले ३२ हजार ६ सय ४० वटा बल प्रदान गरेको छ । लुम्बिनी प्रदेशका ८५ वटा स्कुलमा यो कार्यक्रम सुरु गरिएको छ ।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार
















