कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ
काठमाडौं । कैलालीको धनगढीबाट स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरूक सवार यूपी ३१ सीएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नगदसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












