मलद्वारमा लागुऔषध फ्रिजिङ, दुई जना पक्राउ



उदयपुर, कार्तिक १७ । मलद्वारमा लागुऔषध फ्रिजिङ गरेर ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नं. ६ बस्ने २३ वर्षीय बिकि भन्ने विवेक राई छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४, पैतालिस चोकमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले आइतबार साँझ करिब ५ बजेतिर पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर चेकजाँच गरेको थियो ।

शंकास्पद लागेपछि उनीहरूलाई नगर अस्पताल चौदण्डीगढीमा लगेर एक्स–रे गर्दा यो रहस्य बाहिर आएको हो ।

तिमल्सिनाको साथबाट १५ एम्पुल र राईको साथबाट १८ एम्पुल गरी जम्मा ३३ एम्पुल प्रतिबन्धित लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्