मङ्सिर २७ मा इतिहासकै ठुलो जनसभा गरेर जनता कसको साथमा छन् भन्ने देखाउछौँ: शङ्कर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते इतिहासकै ठुलो जनसभा गर्ने बताएका छन् ।
सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले इतिहासकै ठुलो जनसभा गर्न लागेको बताएका हुन् ।
उनले भने- ‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्याली, २९ मा जिल्लाहरूमा र काठमाडौं उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ’, ‘मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौंमा गर्नेछौँ । हामी देखाउन चाहन्छौँ–जनता कसको साथमा छन् ।’
उनले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने पनि बताए ।
यस्तै जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन भन्ने पोखरेलको भनाइ थियो ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार
















