झापा महिला गोल्डकप सुरु
झापा १७ कात्तिक। मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिकाको दूधे रङ्गशालामा पहिलाे सुरु भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।
आज भएको पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड फुटबल क्लबलाई ८–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाईज युनाइटेडविरूद्ध ५ गोल गर्दै नेपाल पुलिस क्लबकी स्ट्राइकर मिना देउवा खेलको वुमेन अफ दि म्याच भएकी छन् ।
भोलिको खेल नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबिच हुने आयोजक प्रथम महिला झापा गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार
















