हिमपहिरोमा परेका मृतक र घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै
काठमाडौं । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परी मृत्यु र घाइते भएकाहरुको उद्धार गरी आज काठमाडौं ल्याइँदैछ ।
हिजो बेलुकी नै उद्धारका लागि गएको हेलिकोप्टर नागाउँमा अवतरण गरेको थियो । प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न सकेको थिएन्।
आज बिहान मात्रै मृतक तथा घाइतेहरुलाई लिएर हेलिकोप्टर काठमाडौं फर्कने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको भनिए पनि सन्चार सम्पर्कमा कठिनाईका कारण यकिन भएको छैन ।
१२ जनाको टोली हिमशृङ्खला आरोहणका लागि गएको थियो। हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका छन् ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार
















