नेपाल श्रृंखलाको अन्तिम खेलमा आज यूएईसँग भिड्दै



काठमाडौं, कार्तिक १९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएई, नेपाल र अमेरिकाबीचको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो ।

नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा चार विकेटले र यूएईसँगको खेलमा पाँच विकेटले पराजित भएको थियो ।

नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । १९ खेलमा ८ अंकसहित यूएई अंक तालिकाको पुछारमा छ । २३ खेलमा ३६ अङ्कसहित अमेरिका तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्