हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
हुम्ला, कार्तिक १९ । हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा मंगलबार राति बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो ।
हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।
प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा बरामद गरेको डीएपसी पोखरेलले जानकारी दिए ।
.
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार












