नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्बबढीको कारोबार



काठमाडौं । नेप्से परिसूचक १२.१७ अंक बढेर बन्द भएको छ ।

बुधबार नेप्से परिसूचक ०.४६ प्रतिशतले बढेर २,६०७.४२ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम घटेको छ । आज ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

मंगलबार ५ अर्ब १५ करोड ७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १४९ कम्पनीको सेयरमूल्य बढेको छ । ९० कम्पनीको सेयरमूल्य घटेको छ । १२ कम्पनीको सेयरमूल्य स्थिर छ । माबिलुङ इनर्जी, उन्नति सहकार्य लघुवित्त र नेपाल फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

युनियन हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्