कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला आज हुँदै



काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरूको भेला आज हुँदैछ ।

विशेष महाधिवेशन पक्षधरले यसअघि भेला सम्पन्न गरेका थिए । त्यसको ‘काउन्टर’मा नियमित महाधिवेशन पक्षधरले भेला गर्न लागेका हुन् ।

बिहान साढे ११ बजे काठमाडौंको एक होटेलमा भेला हुनेछ । भेला बोलाउनेमा संस्थापन पक्ष र डा. शेखर कोइराला नेतृत्वको इतर समूहका नेताहरू छन् ।

कांग्रेसमा नियमित हुन नसके विशेष महाधिवेशन बोलाउन ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहितको दबाब दिइरहेका छन् ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्