नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, खेलकुदमन्त्रीले गरे स्वागत
काठमाडौं, कार्तिक २१ । विश्वकप छनोट तथा यूएईमा आईसीसी विश्वकप लिग २ र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
टोलीले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज हात पा¥यो भने ओमानमा टी–२० विश्वकप छनोटको उपाधि हात पा¥यो । तर यूएईमा लिग २ मा भने नेपाली टोली जितविहीन भएर फर्कियो । नेपालले ४ वटै खेलमा हार बेहोरेको थियो ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार
















