एन्फा लिग : देउराली विजयी, चित्लाङ र विजयको बराबरी



काठमाडौँ, २१ कात्तिक ।  एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रबार भएको खेलमा देउराली यूथ क्लबले जन जागृति क्लबलाई ३–१ ले हराएको छ ।

खेलको पहिलो मिनेटमा नै शम्भु थारुको गोलमा जन जागृतिका शम्भु थारुले टोलीलाई अग्रता दिलाए पनि देउरालीका मिलन लिम्बुले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । उज्ज्वल राईले एक गोल गर्नुयभो । देउरालीका विशाल तामाङ  खेलको प्लेयर अफ द म्याच बन्नुभयो । 

अर्को खेलमा चित्लाङ स्पोर्ट्स क्लब र विजय स्पोर्ट्स क्लबका बिचमा १–१ गोलको बराबरी भयो । विजयका लागि अरुण थापा तथा चित्लाङका लागि विजय खड्काले गोल गर्नुभयो ।

मङ्सिर २ गतेसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ  । 

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्